युरिया मल लिएर नेपाल आउँदै गरेका आठ भारतीय सर्लाही सीमा नाकाबाट पक्राउ

by समतल अनलाइन

सर्लाही । सर्लाहीको विष्णु गाउँपालिकाबाट प्रहरीले युरिया मलसहित ८ जना भारतीयलाई पक्राउ गरेको छ । शुक्रबार दिउँसो विष्णु गाउँपालिका ६ मिर्जापुरबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

१४ वटा साइकलमा २८ बोरा युरिया मल लिएर आउँदै गर्दा मिर्जापुरको जंगलबाट उनीहरुलाई पक्राउ गरिएको सर्लाहीका प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए ।

प्रहरीले पक्राउ पर्ने भारतीयको नाम भने खुलाएको छैन । १४ जनामध्ये ६ जना भारतीय भने साइकल छाडेर भागेको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखेर अनुसन्धान भइरहेको यादवले बताए ।
सरकारले रासायनिक मलको उचित व्यवस्था नगर्दा सर्लाहीका किसानले भारतबाट लुकिछिपी मल ल्याउने गरेका छन् ।

 
 
  
 

You may also like