पहाडमा आंशिक बदली, तराईमा बाक्लो हुस्सु लाग्ने

by समतल अनलाइन

काठमाडौं । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका केहि भू–भागहरूमा शितलहर चलिरहेको छ ।

आज (शनिबार) दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहने छ । तराईका धेरै भू–भागहरूमा हुस्सु–कुहिरो लाग्ने सम्भावना रहेको छ । यो क्रम राति पनि जारी रहने मौसमविदले जनाएका छन् ।

तराईका धेरै भू–भागहरूमा बाक्लो हुस्सु लाग्ने र दैनिक जनजीवन र सडक तथा हवाई यातायातमा प्रभाव पार्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 
 
  
 

You may also like