बुटवलमा कुटपिटबाट एक वृद्धको मृत्युु

by समतल अनलाइन

बुटवल । बुटवल उपमहानगरपालिका —१३ मा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।

जितगढी स्थित नागरिक टोल निवासी ६० वर्षीया यमप्रसाद नेपालको आज मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।

स्थानीय युवाको कुटपिटबाट घाइते भएका नेपालको उपचारका क्रममा एडमण्ड सिटी अस्पतालमा मृत्यु भएको प्रनाउ थापाले बताउनुभयो । घटनामा संलग्न रहेको आरोपमा ४ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

घटनापछि प्रहरीले घरपरिवार र आफन्तसँग सोधपुछ गरिरहेकाले विस्तृत विवरण केहीबेरमा आउने थापाले बताउनुभयो।

 
 
  
 

You may also like