जाडो बढेपछि रोहिणीका विद्यालय ६ दिन बन्द

by समतल अनलाइन

भैरहवा ।जाडो बढेपछि रुपन्देहीको रोहिणी गाउँपालिकाभित्रका विद्यालयहरु ६ दिनका लागि बन्द हुने भएको छ । जाडो बढेकाले बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गरी पुस १९ देखि पुस २४ गतेसम्म सबै सामूदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरु बन्द रहने गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए ।

गाउँपालिकाले सोमबार सूचना जारी गर्दै मौसम प्रतिकुल भइ जाडो बढेकाले वर्षे विदाबाट कट्टी हुने गरी ६ दिन विद्यालयहरु बन्द रहने जनाएको छ ।

 
 
  
 

You may also like