पिकनिक खान गएका दुई समुहविच खुकुरी हानाहान

by समतल अनलाइन

गुल्मी । गुल्मीमा पिकनिक खान गएका दुई समुहविच खुकुरी हानाहान भएको छ। मदाने गाउँपालिका ६ स्थित पर्यटकीयस्थल क्वान्के देउरालीमा पिकनिक खान गएका युवाहरुबीच खुकुरी हानाहान भएको हो।

खुकुरी प्रहारबाट स्थानीय १८ वर्षीय सन्तोष कुवँर घाईते भएका छन् । दाइने हातमा गम्भीर चोट लागेका उनको अर्घाखाँचीको सन्धिखर्कमा उपचार भइरहेको छ।

दुई समूहबाट पिकनिक खान गएका युवाहरुबीच विवाद हुँदा खुकुरी हानाहान भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी अर्जुन रानाभाटले बताए । झडपमा मासु काट्न लगेको खुकुरी प्रयोग भएको प्रहरीले जनाएको छ।

खुकुरी प्रहार गर्ने मदाने ६ पुर्कोटदहका ३३ वर्षीय रमेश परियार र झिमरुक गाउँपालिका ४ बांगेमरोठ प्यूठानका १८ वर्षीय प्रशान्त परियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 
 
  
 

You may also like