रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्दै

by समतल अनलाइन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने भएका छन् । लामिछाने पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उपप्रधानमन्त्रीसहित गृहमन्त्री बन्ने पक्का भएको हो ।

प्रचण्ड नेतृत्वको सरकारमा एमाले उपाध्यक्ष विष्णु पौडेल र माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि उपप्रधानमन्त्री बन्दै छन् । लामिछानेले सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा आफ्नो दाबी उपप्रधान र गृह मन्त्रालयमा रहेको बताएका थिए ।

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा लामिछानेले आफूले गृहमा दाबी गरेको बताएका थिए । ‘मेरो दाबी उपप्रधानसहित गृहमा हो, यसबारे निर्णय गर्ने अधिकार प्रधानमन्त्रीलाई दिएका छौँ,’ उनले भनेका थिए । चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित उनी नेतृत्वको रास्वपाले प्रतिनिधिसभातर्फ प्रत्यक्ष र समानुपातिक गरी २० सांसद जितेको छ ।

सात दलीय सत्ता गठबन्धनमा रास्वपा तेस्रो ठूलो दल हो । माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री बन्ने भएपछि लामिछानेले गृह मन्त्रालय पाउने भएका हुन् । मंसिर ४ मा विजयी भएदेखि नै उनी सरकारमा जान तयार थिए । रास्वपाले पनि सरकारमा जाने नजाने निर्णय लिने जिम्मेवारी उनैलाई दिएको थियो ।

 
 
  
 

You may also like