बालेनको टिप्पणी : राजा फर्काउछु, राजा चाहिन्न र मार्छु भन्ने तीन वटै सरकारमा !

by समतल अनलाइन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राजा फर्काउछु, चाहिन्नँ र मार्छु भन्ने तीन वटै सरकारमा रहेको भन्दै टिप्पणी गरेका छन् ।

उनले आज (आइतबार) सामाजिक सञ्जालमार्फत राजा फर्काउछु, चाहिन्नँ र मार्छु भन्ने तीन वटै सरकारमा रहेको भन्दै नयाँ सरकार गठनमा देखिएको पछिल्लो राजनीतिक घटनाक्रममाथि टिप्पणी गरेका हुन् । उनले लेखेका छन्, ‘राजा फर्काउछु भन्ने, राजा चाहिन्न भन्ने, र ‘राजा मार्छु’ भन्ने तीनवटै सरकारमा । हामी प्रजा सधै सास्तीमा ।’

 
 
  
 

You may also like