कस्तो रहला आजको मौसम ?

by समतल अनलाइन

काठमाडौं । नेपालमा अहिले उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर, आज (आइतबार) बिहान देशका पश्चिम तथा मध्य तराईका केही स्थानहरूमा हल्का हुस्सु लागेको छ ।

आज दिउँसो देशभर मौसम सामान्यतः सफा रहनेछ । राति भने लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदलीको सम्भावना रहेको छ ।
तराईका केही भू–भागमा हुस्सु लाग्ने तथा देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 
 
  
 

You may also like