तिलोत्तमा सहकारीद्धारा रक्तदान कायक्रम ,५२ युनिट रगत संकलन

by समतल अनलाइन

बुटवल।तिलोत्तमा सहकारीले आफनो २६ औ साधारण सभा तथा १० औं अधिवेशनको अवसरमा विहिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । तिलोत्तमा नगरपालिका २ स्थित सहकारीको आफनै भवनमा सम्पन्न कार्यक्रममा ५२ युनिट रगत संकलन भएको सहकारीका अध्यक्ष माधवलाल देवकोटाले जानकारी दिनुभयो ।
रक्तदान कार्यक्रमको उदघाटन गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले रक्तदान जस्तो महत्वपुर्ण कार्यक्रम गरेर सहकारीले समाजिक उत्तरदायित्व बहनको क्षेत्रमा उत्कृष्ट काम गरेको बताउनु भयो । सहकारीका सल्लाहकार समेत रहनुभएका नगरप्रमुख खाणले तिलोत्तमा सहकारी चलायमान सहकारी मध्य उत्कृष्ट रहेको र यसले आर्थिक शसक्तिकरणका साथै सदस्यहरुको नेतृत्व क्षमता विकासमा समेत महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो ।
सहकारीका अध्यक्ष माधवलाल देवकोटाले सहकारीलाइ प्रविधिमैत्री बनाउँदै आफना सदस्यहरुको आर्थिक सशक्तिकरणकालागि उद्यमशीलता तथा स्वरोजगार सिर्जना हुने गरी कार्ययोजना बनाइ लागु गरीएको बताउनु भयो । पछिल्लो समय ग्राहक केन्द्रित सहकारीहरुमा समस्या देखिएपनि सदस्य केन्द्रित सहकारीहरुमा कुनै समस्या नरहेको उल्लेद गर्दै उहाँले तिलोत्तमा सहकारी पनि ग्राहक सहकारी सदस्य केन्द्रित सहकारी भएको बताए । कार्यक्रममा विशिष्ट अतिथि तथा सहकारीका सल्लाहकार प्रेमबहादुर भण्डारी, सहकारीका सचिव पार्वती थापा,कायक्रम संयोजक लालबहादुर शाह गुप्ता, सिष्टर सोसाइटीका सचिवालय अध्यक्ष यादा क्षेत्री लगायतले बोल्नु भएको थियो । करिब ४ हजार शेयर सदस्य रहेको सहकारीको २६ औ साधारण सभा तथा १० औं अधिवेशन शनिबार सम्पन्न हुँदैछ ।

 
 
  
 

You may also like