रुपन्देही। रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा जारी दोस्रो तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ मा आईतबार लोक गायक राजु परियार र गायिका आशा बिसीले भरपुर मनोरन्जन दिलाए ।
विहीबारदेखि शुरु भएको मेलामा आईतबार पनि दर्शक उपभोक्ताको उल्लेख्य सहभागिता रहेको मेला मूल आयोजक समितिका संयोजक प्रेम जीएमले जानकारी दिए । आईतबार मेलामा गायक गायिक राजु परियार, आशा बिसी, दिपक दर्लामी, अनिल पहाडी तथा डान्सर प्रिती पासवानले भरपुर मनोरन्जन दिएको मेलाका सास्कृतिक उपसमितिका संयोजक युवराज पराजुलीले जानकारी दिए ।
मेलमा विभिन्न नृत्य प्रतियोगितमा समेत चलिरहेको छ । मेलामा सोमबार चर्चित गायक गायिका पुस्कल शर्मा, रितु थापा, विष्णु सिंजाली, सम्झना रणपाल, डान्सरहरु प्रिती पासवान, बिनीता शाही लगायतको प्रस्तुति रहने पराजुलीले जानकारी दिए ।
तिलोत्तमा उद्योग ब्यापार संगठनले आयोजना गरको उक्त मेलाको बिहीबार उद्घाटन भएको थियो । सहआयोजकमा तिलोत्तमा चेम्बर अफ कमर्श र उद्योग बाणिज्य संघ तिलोत्तमा रहेका छन् । महोत्सवमा २ सय ४१ सय स्टलहरु सहभागि रहेको स्टल ब्यवस्थापन उपसमिति संयोजक सतिश सापकोटाले बताए ।
मेलामा मंसिर २० देखि २३ गतेसम्म महिला कुस्ती प्रतियोगिता हुने र २४ गते ब्याडमिन्टन प्रतियोगिता हुने खेलकुँद उपसमिति संयोजक विवश थापाले उल्लेख गरे । मेला मंसिर २६ गतेसम्म संचालन हुनेछ ।