निर्वाचनमा पराजयपछि ताइवानकी राष्ट्रपतिले दिइन पार्टी अध्यक्षबाट राजीनामा

by समतल अनलाइन

ताइपेय । ताइवानकी राष्ट्रपति साई इङ–वेनले शनिबारको स्थानीय चुनावमा पराजय भोगेपछि आफ्नो सत्तारुढ दलको अध्यक्ष पदबाट राजीनामा दिएकी छिन् ।

‘चुनावको नतिजा सोचे जस्तो भएन । यसको सबै जिम्मेवारी मैले लिनुपर्छ र म तत्कालै डीपीपी अध्यक्ष पदबाट राजीनामा दिन्छु,’, उनले पत्रकारहरूलाई भनिन् । एक छोटो मन्तव्यमा उनले आफ्ना समर्थकहरुलाई धन्यवाद दिइन् ।

वेन स्वशासित टापुको राष्ट्रपतिको रूपमा भने रहने छिन् । साईले चुनावलाई ताइवानले कसरी आफ्नो लोकतन्त्रको रक्षा गर्छ भनेर विश्वले हेरिरहेको बताइन् ।

 
 
  
 

You may also like