पर्सा–२ (१) मा कांग्रेस उम्मेदवार पटेल निर्वाचित

by समतल अनलाइन

पर्सा । पर्सा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (१) मा नेपाली कांग्रेसका श्याम पटेल निर्वाचित भएका छन् ।
पटेल जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार रामनरेश प्रसाद यादवलाई एक हजार छ सय ५७ मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।

उनले १३ हजार सात सय ८४ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी जसापा–एमालेका साझा उम्मेदवार यादवले भने १२ हजार एक सय १७ मत प्राप्त गरे ।

 
 
  
 

You may also like