महोत्तरी–१ मा मतगणना शुरु, ‘क्रस’ मतलाई सदर गर्ने सहमति

by समतल अनलाइन

महोत्तरी । महोत्तरीको क्षेत्र नम्बर १ मा मतगणना शुरु भएको छ । ‘क्रस’ मत सदर गर्ने सहमतिपछि मतगणाना शुरु भएको हो । मतगणना प्रदेश (ख) बाट शुरुवात गरिएको छ ।

पहिलो पलक गौशालाको रामनगरको मतदानस्थलमा भएको मतपत्र गणाना हुने भएको हो । मतगणना प्रदेशसभा समानुपातिक, प्रत्यक्ष, प्रतिनिधिसभा समानुपातिक र प्रत्यक्षतर्फ एकसाथ मतगणना हुने भएको छ ।

१ बजे नै हुने भनिएको मतगणना क्रस मतलाई सदर गर्ने कि बदर गर्ने भन्ने विषयमा विवाद हुँदा स्थगित भएको थियो । महोत्तरी क्षेत्र नम्बर १ मा गौशाला नगरपालिकामा १२ वटा वडा, बर्सिबास नगरपालिकामा १४ वटा र भंगाहा नगरपालिकामा ४ वटा वडा गरी ३० वटा वडा छन् । यस क्षेत्रका कूल ९८ हजार ४ सय ९७ मतदाता मध्ये ६५ हजार ४ सय १० जनाले मतदान गरेका छन् ।

 
 
  
 

You may also like