देउवा र प्रचण्डको आज कर्णालीका दुई जिल्लामा सम्बोधन

by समतल अनलाइन

सुर्खेत । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज (मंगलबार) कर्णालीका दुई चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।

शुरुमा सुर्खेतको गुर्भाकोट नगरपालिकाको खैरेनी भेरी किनारमा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने भएका छन् । त्यहाँ दिउँसो १२ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ । यस्तै दिउँसो १ बजेदेखि २ बजेसम्म दैलेखको दुल्लुमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 
 
  
 

You may also like