तीन प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

by समतल अनलाइन

काठमाडौं । अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ ।

आज (शनिबार) दिउँसो प्रदेश १, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भू–भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यी स्थानमा राति पनि हल्का वर्षाको सम्भावना रहेको छ ।

आइतबार देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतः सफा रहने छ । प्रदेश–१, गण्डकी प्रदेश , कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका पहाडी भू–भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 
 
  
 

You may also like