कति छ आज विदेशी मुद्राको विनिमय दर ?

by समतल अनलाइन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ १६ पैसा र बिक्री दर १३२ रूपैयाँ ७६ पैसा रहेको छ । युरो एकको खरिद दर १३० रूपैयाँ ८९ पैसा र बिक्री दर १३१ रूपैयाँ ४९ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५१ रूपैयाँ ९७ पैसा र बिक्री दर १५२ रूपैयाँ ६६ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३० पैसा र बिक्री दर ३६ रूपैयाँ ४६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।

 
 
  
 

You may also like