114
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको छ । चौधरीले बर्दिया–२ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका थिए ।
चौधरीविरुद्ध परेको उजुरीका आधारमा उम्मेदवार बन्न अयोग्य ठहर गर्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरिदिएको हो । चौधरीलाई थरुहट आन्दोलनका क्रममा टीकापुर घटनाको दोषी ठहर्याइ जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएको थियो ।
previous post