चार प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

by समतल अनलाइन

काठमाडौं । अहिले नेपालमा हरियाणा आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश–१ का केही स्थानहरूमा, मधेश प्रदेशका थोरै स्थानहरुमा र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज (बुधबार) दिउँसो प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यी प्रदेशमा आज राति पनि मध्यम वर्षाको सम्भावना रहेको छ ।

वर्षाको सम्भावना रहेका क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ । नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नुका साथै बाढी आउन सक्ने र कृषि, पर्यटन, पर्वतारोहण लगायत दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।

 
 
  
 

You may also like