समानुपातिकतर्फ ४८ राजनीतिक दलले बुझाए उम्मेदवारको बन्दसूची

by समतल अनलाइन

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ४८ राजनीतिक दलले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन्।

आयोगले दललाई आइतबार र सोमबार बन्दसूची पेस गर्न समय दिएको थियो। आइतबार चार दलले बन्दसूची पेस गरेकामा बाँकी ४४ दलले सोमबार बन्दसूची बुझाएका हुन्। निर्वाचन आयोगले बन्दसूचीको अद्यावधिक कायमै राखेको छ।

प्रतिनिधि सभा र प्रदेश सभाका लागि ७६ दल दर्ता भएका छन्। तीमध्ये ६८ दलले समानुपातिकमा भाग लिनेगरी निवेदन दर्ता गराएका थिए।

प्रदेशसभातर्फ प्रदेशतर्फ सात प्रदेशमा २ सय ३८ दलले बन्दसूची पेस गरेका छन्।

निर्वाचन कार्यतालिकाअनुसार दलले सूचीमा २२ असोजसम्म परिमार्जन गर्न सक्छन्। आयोगले मंगलबारदेखि बन्दसूचीको छानबिन प्रक्रिया सुरु गर्नेछ।

 
 
  
 

You may also like