एभरेष्टमा तीज गीत प्रतियोगिता

by समतल अनलाइन

बुटवल । बुटवल ८, सुख्खानगरस्थित एभरेष्ट इङलिस बोर्डिङ मा.वि.मा आइतबार तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा एकदेखि तीनसम्मको सम्पन्न नृत्य प्रतियोगितामा कक्षा एकबाट युवानी भट्टराई, जेनिशा पौडेल र सभ्यता थापा क्रमशः प्रथम द्वितीय र तृतीय भएका छन् ।

 

त्यस्तै  दुईबाट खुसी कार्की, रोशनी श्रेष्ठ र अन्सु वस्याल क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान भए भने कक्षा तीनबाट आर्जु न्यौपाने प्रथम, प्रिसा कुँवर द्वितीय र एनी पन्थी तृतीय भएको विद्यालयले जनाएको छ । विद्यालयका सह प्राचार्य भीमसेन गौतमको सभापतित्व, प्राचार्य कृष्ण न्यौपानेको प्रमुख आतिथ्य, उप प्राचार्यद्वय उमेश रेग्मी र माला पाण्डेको आतिथ्यमा भएको कार्यक्रमको संयोजन प्रा.वि. संयोजक आशा भुषालले गर्नु भएको थियो । विद्यार्थीहरु स्पन्दन लम्साल र कृष गौतमको सञ्चालनमा भएको प्रतियोगिताको निर्णायकमा रेनुका थापा र ललिता राना रहनुभएको थियो ।

विजयी विद्यार्थीलाई विद्यालयका प्राचार्य न्यौपानेले पुरस्कार र प्रमाणपत्र वितरण गर्दै आफ्नो प्रतिभालाई उजागर गर्न विद्यार्थीलाई प्रेरणा प्रदान गर्नुभएको थियो । प्रतियोगितामा विभिन्न कक्षाबाट छनोट भई आएका उत्कृष्ट ४५ जना प्रतियोगीको सहभागिता रहेको विद्यालयले जनाएको छ ।

 
 
  
 

You may also like