रुपन्देही । रुपन्देहीमा स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर अगाडी बढ्ने उद्घोष गरेर सत्तारुढ पाँच दलले जिल्लाका १६ बटै स्थानीय तहमा संयन्त्रण निमार्ण गरी गठबन्धनलाई मजबुुद बनाउने निर्णय गरेका छन् ।
सवै दलको सह अस्थित्व स्विकार गर्दै सम्मान जनकरुपमा गठबन्धन गर्ने निर्णय समेत पाँच दलले गरेका छन् । नेपाली काग्रेस रुपन्देहीको पार्टी कार्यालय भैरहवामा बसेको सत्तारुढ गठबन्धनका दलहरु कांग्रेस, एकीकृत नेकपा माओबादी केन्द्र, जनता समाजबादी पार्टी (जसपा), नेकपा समाजबादी र राष्ट्रिय जनमोर्चाले यस्तो निर्णय गरेका हुुन् । सवै पालीका र बडास्तरमा राजनीतीक संयन्त्र गठन गरी एक ढिक्का भएर स्थानीय तहको निर्वाचनमा लाग्ने निर्णय भएको नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले जानकारी दिए ।
सयंत्रको नेतृत्व कांग्रेसले गर्ने समेत जिल्ला स्तरमा निर्णय भएको छ । गठबन्धनले बिस्तृत अध्यन र अनुुसन्धन गरी पार्टीको यथार्त मतको आधारमा सिट बाडफाड गर्ने जनाएको छ ।
नेपाली काग्रेस रुपन्देहीका सभापति खाणका सभापतित्वमा भएको बैठकमा कांग्रेसका केन्द्रीय सदस्य अब्दुुल रज्जाक, नेकपा समाजबादीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाई, नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य मकसुुद अली, सोनिया यादव, जनता समाजबादीका केन्द्रीय सदस्य देवेन्द्र पाण्डे सागर, जिल्ला अध्यक्ष रमाअवतार यादव, नेकपा माओबादीका जिल्ला अध्यक्ष निर्मल जिसी, नेकपा समाजबादीका जिल्ला अध्यक्ष राजुु गरुङ्ग, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बद्रे आलम, नेपाली कांग्रेसका उपसभापति थानेश्वर घिमीरे, सचिव हरी काफ्ले लगायतको सहभागीता रहेको थियो ।