एमसीसी छलफल गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत, आधा घण्टाका लागि वैठक स्थगित

by समतल अनलाइन

काठमाडौं । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।

प्रतिनिधि सभाको आज आइतवारको पहिलो बैठकमा अर्थ मन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको उक्त प्रस्ताव बहुमतले स्वीकृत भएको हो । त्यसअघि बैठकमा सांसदहरूले त्यस प्रस्तावका सम्बन्धमा पक्ष/विपक्षमा आफ्ना धारणा व्यक्त गरेका थिए । प्रतिनिधि सभाको अर्को बैठक अहिले ६ः३० बजे बस्नेछ ।

साढे ६ बजे बस्ने बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौतालाई निणर्यार्थ पेश गर्नेछन् । सैद्धान्तिक छलफलमा एमाले भीम रावलसहित सत्तारुढ गठबन्धनका सांसदहरुले पक्ष र विपक्षमा धारणा राखेका थिए । प्रतिपक्षी एमालेका सांसद भने बैठक अवधिभर उभिएर नाराबाजी गर्दै अवरोध गरिरहे ।

 
 
  
 

You may also like