आज प्रतिनिधि सभाको बैठक, एमसीसीबारे छलफल हुँदै

by समतल अनलाइन

काठमाडौं । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतासम्बन्धी प्रस्तावबारे संसदमा आज (बिहीबार) छलफल प्रारम्भ हुने भएको छ ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै छ । बैठकमा एमसीसी प्रस्तावमा सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद्का प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।

यस्तै बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस गर्ने कार्यसूची राखिएको छ । संसद् सचिवालयमा दर्ता भएको अढाई वर्षपछि एमसीसी सम्झौतासम्बन्धी प्रस्ताव गत आइतबार मात्र संसदमा टेबल गरिएको छ ।

 
 
  
 

You may also like