बैसाख ३० मा एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय

by समतल अनलाइन

काठमाडौं । स्थानीय तहको निर्वाचन ३० वैशाखमा हुने भएको छ । मन्त्रिपरिषद्को बालुवाटारमा जारी बैठकले ३० वैशाखमा निर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद वैठकअघि सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्न निर्वाचन आयोगसँग परामर्श गरेको थियो । मन्त्रिपरिषद्को बैठकमा निणर्य गर्नुअघि सरकारले आयोगका पदाधिकारीहरूसँग परामर्श गरेको हो ।

‘सरकारले वैशाख ३० गते निर्वाचन गर्न सकिन्छ भनेर आयोगका अधिकारीलाई सोधेको थियो,’ आयोगका एक पदाधिकारीले भने, ‘हामीले सक्छौं भनेर जवाफ दियौं । सरकारबाट पनि यही निर्णय भएको जानकारी मिलेको छ ।’ आयोगले यसअघि जेठ ४ गते स्थानीय निर्वाचन मिति प्रस्ताव गरेको थियो । सञ्चामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसअघि स्थानीय तहको पदावधि नसकिँदै निर्वाचन गर्ने बताएका थिए ।

 
 
  
 

You may also like