रक्त संचार केन्द्रको संयोजकमा कृष्ण पंगेनी

by समतल अनलाइन

बुटवल । रंक्तसंचार केन्द्र बुटवलको संयोजकमा समाजिक अभियान्ता तथा नेपाल रेडक्रश सोसाईटी लुम्बिनी प्रदेशका महामन्त्री कृष्ण पंगेनी चयन भएका छन्।

लामो समयदेखि रेडक्रशमा रहेर समाजसेवामा क्रियाशिल पंगेनीलाई रक्तसंचार केन्द्रको संयोजकको जिम्मेबारी प्रदान गरिएको हो । लुम्बिनी प्रदेशका आधा भन्दा वढि जिल्लामा रगत संकलन र व्यवस्थापनमा सक्रिय रक्तसंचार केन्द बुटवललाई थप रचनात्मक बनाउनका लागि पंगेनीलाई जिम्मेबारी दिएको हो रक्तसंचार केन्द्र नेपाल रेडक्रशसंग आवद्ध संस्था हो । पंगेनीले संयोजक चयन भएसंगैको पहिलो वैठकवाट सडक मानवहरुका लागि पुर्ण निशुल्क रगत वितरण गर्ने निर्णय गरेको बताए । सगत व्यवस्थापनमा लाग्ने व्याग, रिरिज लगायतको प्रशासनिक खर्च पुर्ण रुपमा निशुल्क बनाउने निर्णय गरिएको हो । यो अभियान विस्तारै अन्य समुहलाई पनि गरिने योजना रहेको पंगेनीले बताए ।

उनले रगतको अभावमा कसैले पनि मृत्युवरण गर्न नपर्ने अवस्थाको श्रृजना गर्ने दावी गरे। संयोजकको पद वाहाली रक्तदान गरेर गरेको उनले बताएका छन् । रक्तदान जिवन दानको महत्वलाई वढाउनका लागि पदवाहालीसंगै रक्तदान गरेको उनको भनाई रहेको छ । यस्तै आजैको रक्त संचार केन्द्र व्यवस्थापन समितिको वैठकले रंक्त संचार उपकेन्द्र भैरहवाको संयोजकमा शुशिल गुरुङलाई चयन गरेको छ ।

 
 
  
 

You may also like