टावरमा समस्या आएपछि गौतम बुद्ध विमानस्थल बन्द

by समतल अनलाइन

भैरहवा ।भैरहवास्थित गौतमबुद्ध विमानस्थल बन्द भएको छ । शुक्रबार भएको वर्षा, हावा र विमानस्थल नजिकै परेको चट्याङ्गको कारण टावरमा समस्या आएपछि विमानस्थल बन्द भएको हो ।

विमानस्थलका महाप्रबन्धक गोविन्द प्रसाद दाहालले शुक्रबार ४ बजे टावर नजिकै परेको चट्याङ्गका कारण टावरमा धुवाँ आएको बताए । टावरको तार चुडिएको र रन्वेको पापी (पीएपीआइ) लाइट बिग्रेको कारण विमानस्थल बन्द गरिएको दाहालले बताए ।

उनले भने, ‘समस्या आएको कारण विमानस्थल बन्द गरिएको छ, शनिबार (भोलि) पापीलाइट बने राती अवतरण हुनेछ, नभए भिओआर प्रविधिको प्रयोगबाट दिउँसो विमानस्थल सञ्चालनमा आउने सम्भावना छ ।”

विमानस्थल बन्द भएपछि विमानस्थलमा रहेका यात्रु र भैरहवा आउने यात्रुहरु प्रभावित भएका छन् ।

 
 
  
 

You may also like