कांग्रेसले टुङ्गो लगायो राष्ट्रियसभाका उम्मेद्वार, कुन प्रदेशबाट को-को ?

by समतल अनलाइन

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यका लागि पार्टीबाट चुनाव लड्ने उम्मेदवार टुंगो लगाएको छ । आज (सोमबार) बसेको पार्टी केन्द्रीय समिति बैठकले उम्मेदवारको टुंगो लगाएको हो ।

जसअनुसार प्रदेश-१ मा गोपाल बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गा पुन र सुदूरपश्चिममा नारायण दत्त मिश्र उम्मेदवार रहने निश्चित भएको छ ।

उम्मेदवारमध्ये पन्त पार्टीको हालै भएको महाधिवेशनमा सहमहामन्त्री पराजित भएका थिए । यस्तै मिश्र सुदूरपश्चिम प्रदेश सभापतिमा पराजित भएका थिए भने बस्नेतलाई तत्कालीन समयमा राष्ट्रपतिले मनोनयन गर्ने सिटमा सिफारिस भएर पनि राष्ट्रियसभा सदस्य बन्न पाएका थिएनन् । अहिले फेरि सभापति शेरबहादुर देउवाले उनलाई उम्मेदवारको रूपमा अघि सारेका हुन् ।

 
 
  
 

You may also like