देश ठूलो संकटतर्फ उन्मुख भइरहेको संकेत देखियो- डा. बाबुराम भट्टराई

by समतल अनलाइन
48Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा बढ्दो भूराजनीतिक चलखेल, राजनीतिक दलभित्रको आन्तरिक द्वन्द्व र राज्यका प्रमुख निकायमा देखिएको अस्तव्यस्तताले नेपाल ठूलो संकटतर्फ उन्मुख भइरहेको बताएका छन् ।

उनले सत्तारूढ र प्रतिपक्षी दलभित्र चर्कंदो अन्तरसंघर्ष, न्यायालय, प्रशासन र प्रहरीलगायत राज्यका प्रमुख अंगमा देखिएको अव्यवस्था तथा अर्थतन्त्रको निरन्तर ओरालो यात्राले देशको अवस्था थप जटिल बन्दै गएको बताएका छन् ।
त्यस्तै, बढ्दो प्राकृतिक विपत्ति, युवाको निरन्तर विदेश पलायन तथा सञ्चार क्षेत्र र नागरिक वृत्तमा बढ्दै गएको निराशाले पनि संकटको संकेत गरिरहेको उनको भनाइ छ । भट्टराईले देशले अब कुनै पनि बहानामा अस्थिरता र उथलपुथल थेग्न नसक्ने भन्दै सबैलाई आ–आफ्नो क्षेत्रबाट गम्भीर हुन आग्रह गरेका छन् । उनले सकारात्मक योगदान गर्न सक्नेले योगदान गर्न र नसक्नेले नकारात्मक काम नगर्नसमेत अपिल गरेका छन् ।
उनले भनेका छन्- ‘देशमा बढ्दो भूराजनीतिक चलखेलको पृष्ठभूमिमा सत्ताधारी र प्रतिपक्षी दलहरूभित्रै चर्कदो अन्तरसंघर्ष, राज्यका प्रमुख अंगहरू न्यायालय/प्रशासन/प्रहरी लगायतमा अस्तव्यस्तता,अर्थतन्त्रको निरन्तर ओरालो यात्रा, थपिंदो प्राकृतिक प्रकोपको भार, युवाहरूको निरन्तर विदेश पलायन, सार्वजनिक संचारक्षेत्र र नागरिक वृत्तमा चुलिंदो निराशा, आदिले देश ठुलो संकटतिर उन्मुख भैरहेको संकेत गर्छ ! अब कुनै पनि बहानामा देशले अस्थीरता र उथलपुथल थेग्न सक्दैसक्दैन ! सबै आआफ्नो क्षेत्रबाट गम्भीर बनौं ! सक्छौं, सकारात्मक योगदान गरौं! सक्दैनौं, नकारात्मक काम नगरौं !’

You may also like

This will close in 0 seconds