पत्रकार धरपकडको विषय गम्भीर हो, सामान्यीकरण नगरौं- गगन थापा

by समतल अनलाइन
30Shares

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले पत्रकार पक्राउ परेको विषय गम्भीर भएको टिप्पणी गरेका छन् ।

आइतबार, सानेपास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सभापति थापाले पत्रकारमाथि गरिएको धरपकडले सरकारको सोच र बुझाई बारे प्रश्न उठेको बताएका हुन् ।
उनले सरकारका क्रियाकलाप आफुहरुले नजिकबाट हेरिरहेको बताउदै अहिलेको प्रवृतिले साच्चै चिन्ता बढाएको उल्लेख गरे । उनले भने- ‘के लाग्न थाल्यो भने, एउटा सानो समुह छ, त्यसले के भन्ठान्यो भने, वी आर द स्टेट, हामी नै हो, हामीले बोलेको कुरा स्टेटमेन्ट हुदैन, हुकुम हुन्छ । राज्यका अंगहरु आफ्नो आदेश पालन गर्ने निकाय भएको ठानेको देखिएको छ । यो घटनापछि यसलाई सामान्यीकरण नगरौं । यो प्रवृतिले हद नाघ्यो ।’
काँग्रेसले सरकारका राम्रा कामको समर्थन गरिरहेको बताउदै गलत कामको बारेमा बोल्ने र प्रतिवाद गर्ने स्पष्ट गरे । सरकारको कामको जवाफदेहिता रास्वपाले लिनुपर्छकी पर्दैन भन्ने प्रश्न गर्दै उनले यसअघि संचारगृहका कार्यालय अगाडी गाडी पार्क गर्दा पनि रास्वपाले अहिले जस्तै विज्ञप्ति निकाले पनि कारवाही नगरेको बताए ।

You may also like

This will close in 0 seconds