शेखर कोइरालाले प्यानलसहित दर्ता गराए उम्मेद्वारी, टिममा को-को छन् ?

by समतल अनलाइन

काठमाडौं । कांग्रेसको सभापति पदमा केन्द्रीय सदस्य शेखर कोइरालाले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् । शनिबार दलबलसहित राष्ट्रियसभा गृहमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनका टीमका अन्य पदाधिकारीहरुले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

कोइरालको टिममा उपासभापतिको उम्मेदवार चन्द्र भण्डारी र धनराज गुरुङ रहेका छन् । यस्तै महामन्त्री पदमा गगन थापा र मिनेन्द्र रिजाल रहेका छन् । यस्तै सहमहामन्त्रीमा खसआर्यबाट देवराज चालिसे, महिलाबाट कमला पन्त, दलितबाट जीवन परियार, मधेसीबाट रामकृष्ण यादव, मुस्लिमबाट शेख वकिल, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, आदिवासी जनजातिबाट सिन्धुपाल्चोकका विकास लामा र थारुबाट तेजुलाल चौधरी छन् ।

 
 
  
 

You may also like