कांग्रेस महाधिवेशनको तालिका फेरि परिवर्तन, दशैंअघि पालिका अधिवेशन मात्रै

by समतल अनलाइन

काठमाडौं। कांग्रेसको १४ औं महाधिवेशनको तालिका फेरि परिवर्तन हुने भएको छ । आज (बुधबार) सिंहदरबारमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले यस्तो सहमति गरेको हो । बैठकपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘दशैं अगाडि पालिका तहको अधिवेशन मात्रै सम्पन्न हुने गरी कार्यतालिका फेरबदल हुने सहमति भएको छ ।’

यसअघिको तालिका अनुसार कांग्रेसको असोज ९ गते पालिकास्तरको अधिवेशन हुने उल्लेख छ । ‘९ गतेका लागि निर्धारित पालिकास्तरीय जुन अधिवेशन छ, त्यो यथावत् छ । पूर्व निर्धारित समयअनुसार नै पालिकाहरुको अधिवेशन हुनेछ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘९ गते पछाडिका अधिवेशनहरूका सन्दर्भमा एकातिर केही जिल्लाका क्रियाशील सदस्यता टुंग्याउने विषय छ । त्यसलाई टुंग्याउने र उपयुक्त समयमा केन्द्रीय निर्वाचन समितिले निर्धारण गर्नेछ ।’ कांग्रेसले आगामी मंसिरमा गर्ने राष्ट्रिय महाधिवेशनअघि वडादेखि प्रदेशसम्मका अधिवेशन सक्नुपर्नेछ ।

 
 
  
 

You may also like