रुपन्देहीमा सक्रिय संक्रमितको संख्या बढ्दै, आज ३८ जनामा कोरोना संक्रमण

बुटवल । रुपन्देहीमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार २२९ जनाको परिक्षण गर्दा सो संख्यामा पिसिआर पोजेटिभ देखिएको हो । रुपन्देहीमा सक्रिय संक्रमित घट्दै गएकोमा पुन बढ्दै गएको छ ।

सक्रिय संक्रमितको संख्या २६५ जना पुगेको छ ।

जिल्लामा कुल संक्रमितको संख्या २८ हजार १ सय ४९ जना पुगेका छन् भने २७ हजार ३ सय ९६ जना निको भैसकेका छन् । जिल्लामा हालसम्म ४ सय ८८ जनाको कोभिडबाट मृत्यु भैसकेको छ ।

 
 
  
 

You may also like