43
सुनको मूल्य तोलामा ११ हजार ३ सय रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदी दुवैको मूल्यमा उल्लेख्य गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ११ हजार ३ सय रुपैयाँले घटेर २ लाख ७१ हजार ७ सय रुपैयाँ कायम भएको छ। यसअघि गत आइतबार सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ११० रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि आइतबार चाँदी प्रतितोला ३ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो।

