देउखुरी माेबाईल व्यवसायी संघ द्वारा सहयोग रकम हस्तान्तरण

शिव राज खनाल
दाङ ।देउखुरी माेबाईल व्यवसायी संघले सहयोग रकम हस्तान्तरण गरेको छ ।
ब्ल्याक फङ्गस संक्रमण बाट ग्रसित भई Teaching Hospital मा उपचाररत देउखुरीको लमही स्थित रोजि बड्स बाल वाटिका बोर्डिङ स्कुलका शिक्षक भरत दुलाल लाई उपचारका लागि सहयोग होस भनी सहयोग रकम हस्तान्तरण गरेको संघका अध्यक्ष भिम भुसालले बताए ।
संघले आज ११०५५(एघार हजारपच्चपंन्न रूपैयाँ )अभियान का अभियान्ता कृष्ण धिमिरे लाई हस्तान्तरण गरेको हो ।
हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष भुसालले “मोबाइल संघ बिसुद्द व्यवसायमा आबद्ध भएता पनि हाम्रो यस सानो सहयोगले कसैको ज्यान बचाउन सहयोग पुगोस , आर्थिक अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस ” भनेर सहयोग गरेको बताए ।

कार्यक्रममा देउखुरी माेबाईल संघका अध्यक्ष भुसाल बरिस्ठ उपाध्यक्ष बिजय सिंह ठकुरी महासचिव राजु गिरी,सचिव माधब भुसाल ,सदस्य दिनेश शर्मा (भण्डारी )सदस्य महेन्द्र खनाल लगाएत को सहभागीता रहेकाे थियाे । कार्यक्रमको सहजीकरण संघका महासचिव राजु गिरीले गरेका थिए ।
संघले हाल सम्म विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व बोध गर्दै विभिन्न कार्य समेत गर्दै आइरहेको छ ।

 
 
  
 

You may also like