रुपन्देहीमा पछिल्लो २४ घण्टामा २५३ जना कोरोना मुक्त, १४७ जना संक्रमित

बुटवल । रुपन्देहीमा थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वस्थ कार्यलयका अनुसार ४१९ जनाको परिक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो।
रुपन्देहीमा पछिल्लो २४ घन्टामा २५३ जनामा कोरोना मुक्त भएका छन भने १ जनाको मृत्युु भएको जिल्ला स्वास्थ्य कार्यलयले जनाएको छ ।

रुपन्देहीमा संक्रमीत हुनेको संख्या २६ हजार ७३३ पुगेको छ ।

जसमध्ये २४ हजार ७३७ जना निको भएका छन । हाल जिल्लामा १ हजार सात सय जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ४४३ पुगेको छ ।

 
 
  
 

You may also like