कोरोना कहरका बीचमा बुटवलमा ८५ जनाले गरे रक्तदान

गोबिन्द भुसाल
बुटवल। नेपाल नियमित रक्तदाता संघ बुटवलले महिनाको अन्तिम शनिबार पारेर बुटवलमा रक्तदान कार्यक्रम सम्मन्न गरेको छ ।कुनै पनि बिरामी वा घाइतेहरु रगतको अभावमा मृत्युको मुखमा पुग्न नपरोस् र सहज तरिकाले रगत पाउन सकुन भन्ने उद्देश्यले नेपाल रेडक्रसको भवनमा अबस्थित ब्लड बैंकमा शनिवार  रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका यस.यस. कर सदस्य मान बहादुर बि.कको प्रमुख आतिथ्यता रहेको थियोे भने सभाअध्यक्षको रुपमा लेखनाथ भण्डारी रहनुभएको थियो।

उक्त कार्यक्रममा ८५ जनाको उपस्थिती रहेकोमा कार्यक्रमबाट ८५ पिन्ट रगत संकलन भएको थियो। संघले प्रत्येक महिनाको अन्तिम सनिवार र रगत अभाव हुँदा आकस्मिक रक्तदान गर्दै आएको छ। आजको कार्यक्रमको संयोजन राजु रसाइलीले गर्नुभयो भने
कार्यक्रम संचालन संघका सचीव महेश खनालले गर्नुभएको संस्थाका कार्यसमिति सदस्य प्रेम बहादूर सुनार हुकुमले जानकारी दिनुभयो ।

 
 
  
 

You may also like