शहीद प्रचण्ड थैवको १२ औ स्मृती दिवस अनेरास्ववियु बुटवल बहुमुखि क्याम्पसले मनायो

विष्णु घिमिरे
बुटवल । अनेरास्ववियु बुटवल बहुमुखि क्याम्पसले शहीद प्रचण्ड थैवको १२ औ स्मृती दिवस मनाएको छ । शुक्रबार एक कार्यक्रमबीच शहीद प्रचण्ड थैवको फोटामा माल्या अर्पण तथा शोकसभा गरिएको छ । नेकपा एमालेका नेता तेजेन्द्र केसीको आतिथ्यतामा भएको कार्यक्रममा अनेरास्ववीयुका नेता, कार्यकर्ताको सहभागिता रहेको थियो ।

शहीदको स्मृतिमा आयोजित उक्त कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता तेजेन्द्र केसीले विद्यार्थी आन्दोलनमा शहीद थैवको योगदान उच्च रहेको बताउनुभयो । नेपालको विद्यार्थी आन्दोलनमा विद्यार्थीको हक हित र परिवर्तनको पक्षमा आवाज उठाउंदा प्रचण्ड थैवको दुख्द निधन भएको उल्लेख गर्दै शहीले देखाएको बाटो अबलम्वक गर्नुको विकल्प नभएको बताउनुभयो

अनेरास्वियु रुपन्देही जिल्ला सदस्य भरत अर्यालले शहीद प्रचण्ड थैवले बिद्यार्थी आन्दोलनमा खेलेको भुमिकाको उच्च सम्मान गदै अनेरास्वियुले विगतदेखि नै उहांको सम्झानामा सत्ताह व्यापी कार्यक्रमहरु गदै आएको बताउनुभयो ।

कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय सदस्य बालकृष्ण पाण्डे, अनेरास्ववियु रुपन्देही संयोजक साजन भण्डारी, सह संयोजक शेषकान्त पोखरेल, जिल्ला सदस्य नविन थापा सारु,मनोज गौतम ,सन्तोष अर्याल लगायतले बोल्नुभएको थियो । अनेरास्ववियु बुटबल क्याम्पसका इकाइ कमिटिका अध्यक्ष गोविन्द रिजालको अध्यक्षता र सचिव कृष्ण पाण्डेको सच्चालनमा भएको थियो ।

 

 
 
  
 

You may also like