एनपीएलमा आज दुई खेल हुँदै, विराटनगर–पोखरा र कर्णाली–लुम्बिनी भिड्दै

by समतल अनलाइन
28Shares

काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् ।

आज विराटनगर किंग्स र पोखरा एभेन्जर्स तथा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ ।

विराटनगर र पोखराबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे सुरु हुनेछ ।

जारी लिगमा पाँच खेल खेलेको विराटनगर ४ अंकसहित तालिकाको छैटौँ स्थानमा छ । समान खेल खेलेको पोखरा २ अंकका साथ अन्तिममा छ ।

यसैबीच, कर्णाली याक्स र लुम्बिनी लायन्सबीचको खेल अपराह्न ५ बजे सुरु हुनेछ ।

जारी प्रतियोगितामा ५ खेलबाट कर्णाली ४ अंक जोडेर सातौँ स्थानमा रहेको छ भने ७ अंक भएको लुम्बिनी तेस्रो स्थानमा छ ।

कर्णाली प्लेअफको सम्भावना बलियो बनाउन लुम्बिनीलाई हराउनै पर्ने दबाबमा छ ।

You may also like