गुल्मी जुनिया चिदीपानी तराई सम्पर्क समाजदावा साधारण सभा तथा जेष्ठ नागरिक सम्मान

बुटवल । गुल्मी जुनियां चिदिपानी तराई सम्पर्क समाजकाे छैठौं वार्षिक साधारण सभा तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम अाज सम्पन्न भएकाे छ ।

कार्यक्रममा समाजमा अध्यक्ष खड्क ब शाहिले हाल सम्म भए गरेका कार्यहरू र समाजकाे सल्लाह मिलेमा अागामि हुने कार्यहरूकाे बारेमा प्रकाश पार्नुभएकाे थियाे । कार्यक्रममा समाजका काेषाध्यक्ष नविन गलामीले काेषाध्क्षकाे प्रतिवेदन पेश गर्नुभएकाे थियाे । कार्यक्रमका प्रमुख अतिथि कयाप्टेन यम बहादुर खत्रीले समाजले राम्रो काम गरेकाे र यसमा अाफुलेनि सक्दाे सहयाेग गर्ने प्रतिबद्धता गरेका थिए ।

कार्यक्रममा ७० वर्ष पुगेकी जेष्ठ नागरिक श्री चुनकला खत्री ज्युलाई सम्मान गरिएकाे थियाे । कार्यक्रममा सदस्य चन्द्वकान्ता भुषाल , समाजसेवि छवि बहादुर भण्डारी , बुटवल १२  कि महिला सदस्य विष्णु शाहि , डा डि वि खत्रि , र सदस्य भुपति भुषालले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा दावन बहादुर पुन, गिरिजाप्रसाद गलामि , वेल बहादुर थापा , भानुभक्त भण्डारि , तुल बहादुर बि क , कृष्ण बहादुर थापा र गाेविन्द अाचार्यले समाजलाई ५/५ हजार सहयाेग गरेका थिए । कार्यक्रम कृष्ण बहादुर क्षेत्रिकाे स्वागत मन्तव्य र सचिव डिलमाया खत्रिकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।

 
 
  
 

You may also like