मोटरसाइकलको ठक्करबाट ७० वर्षीय वृद्धको मृत्यु

by समतल अनलाइन
31Shares

दाङ । मोटरसाइकलको ठक्करबाट दाङको लमहीमा एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा लमही नगरपालिका–५ निवासी ७० वर्षीय सोर बुढा मगर रहेका छन्।
प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु.प्र.०२–००२ प ४५४२ नम्बरको मोटरसाइकलले मंगलबार राति बाटो काट्ने क्रममा बुढा मगरलाई ठक्कर दिएको थियो।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारका क्रममा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
दुर्घटनामा संलग्न मोटरसाइकल चालक लमही नगरपालिका–५ रातोडाँडा निवासी सागर बुढा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

You may also like