नेकपा ओली पक्षको बुटवलमा मोटरसाइकल र्याली (फोटो फिचर)

by समतल अनलाइन

बुटवल । नेकपाको ओली पक्षले बुटवलमा विहीबार बुटवलमा मोटरसाइकल र्याली निकालेको छ । ओली पक्षले फागुन १ गते बुटवलमा गर्न लागेको आमसभाको पूर्वसन्धामा उक्त र्याली निकालिएको हो ।नेकपा ओली पक्षका युवा विद्यार्थीहरुले मोटरसाइकल र्‍याली निकालेका हुन । र्‍यालीको मुख्यमन्त्री तथा नेकपा ओली पक्षका प्रदेश इन्चार्ज शंकर पोखरेले उदघाटन गरेका थिए ।

राजमार्ग चौराहबाट सुरु भएको र्‍याली ट्राफिकचोक, गोलपार्क, हाटबजार, अमरपथ हुँदै पुष्पलाल पार्कमा पुगेर सम्पन्न भएको थियो ।

फागुन १ गते बुटवलको सुख्खानगरमा रहेको सिद्देश्वर मा विको खेल मैदानमा हुने सभामा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

फोटो फिचर:

 

 

 
 
  
 

You may also like