मणि उजेशद्वारा विपन्न विद्यार्थीलाई स्कुल ब्याग

by समतल अनलाइन

बुटवल। रुपन्देहीको देवदहमा रहेको उदय आधारभुत विद्यालयका विद्यार्थीहरुलाई स्कुल ब्याग सहयोग गरिएको छ । लायन्स क्लव अफ बुटवल मणि उजेशले उदयका विद्यार्थीलाई शैक्षिक सामाग्री बोक्ने स्कुल ब्याग सहयोग गरेको हो । क्लवले त्यहा अध्ययनरत ३० जना विद्यार्थीहरुलाई १२ हजारबढीको स्कुल ब्याग सहयोग गरिएको क्लवका अध्यक्ष सोनाली गुरुङ्गले जानकारी दिनुभयो । क्लवले विद्यालयका प्राधानाध्यापक बासुदेव काफ्लेको आतिथ्यतामा स्कुल ब्याग वितरण कार्यक्रम गरेको हो । कार्यक्रममा प्राधानाध्यापक काफ्लेले विद्यालयमा अध्ययन गर्ने विपन्न तथा जेहन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री ब्याग सहयोगले विद्यार्थीलाई अध्ययनमा थप हौसला प्रदान गरेको बताउनुभयो । पाईला नेपाल फाउण्डेशनका अध्यक्ष मन्जु केसी संजेल र हाल न्यू योर्कमा रहनु भएका आयुषा संजेल क्षेत्रीको सहयोगमा कार्यक्रम भएको क्लवले जनाएको छ । क्लवका सचिव डाक्टर शान्ता शर्मा र पुष्पा कण्डेलको संयोजकत्वमा कार्यक्रम भएको थियो । क्लवले यसअघि उक्त विद्यालयका विद्यार्थी तथा शिक्षकको निःशुल्क स्वास्थ्य परिक्षण गरेको थियो ।

 
 
  
 

You may also like