रुपन्देही उद्योग संघ र सियारी गाउँपालिकाबीच औद्योगिक विकास लागि अन्तरक्रिया

by समतल अनलाइन

बुटवल । रुपन्देही उ्रद्योग संघले औद्योगिक विकास सम्बन्धमा सियारी गाउँपालिकासँग अन्तरक्रिया सम्पन्न गरेको छ । संघको आयोजनामा “औद्योगिक विकासमा स्थानीय सरकारको भूमिका” विषयक अन्तरक्रिया सियारी गाउँपालिकाको कार्यालयमा सम्पन्न भएको छ ।

संघका अध्यक्ष बाबुराम बोहोराको अध्यक्षता एवं सियारी गाउँपालिकाका प्रमुख अयोथ्या थारुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अध्यक्ष बोहोराले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्नु भएको थियो । वहाँले स्थानीय श्रोत र साधनको परिचालन गरी उद्यमशिलता विकास, रोजगारी अभिबृद्धि र व्यवसायिक विकासलाई तिव्रता दिने उद्देश्यका साथ संघले जिल्लाका १६ वटै स्थानीय तहसँग छलफल अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको बताउनु भएको थियो ।

अध्यक्ष बोहोराले कृषिको व्यवसायिकरण पर्यटन प्रवद्र्धन र उ्रत्पादनशिल बृद्धिका लागि स्थानीय सरकार र निजी क्षेत्रको सहकार्य हुनुपर्ने बताउनु भएको थियो र त्यसका लागि रुपन्देही उद्योग संघ सदैव तत्पर रहेको प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि एवं सियारी गाउँपालिकाका प्रमुख अयोध्या थारुले सियारी गाउँपालिकाको कृषि, पर्यटन र उत्पादनसँगै रोजगारी अभिबृद्धिका लागि गरिरहेको गतिविधिबारे जानकारी गराउँदै उद्यमीहरुलाई सियारी गाउँपालिकाले गर्नुपर्ने सहजीकरण गर्न सधै तयार रहेको बताउनु भएको थियो । वहाँले सियारी गाउँपालिकामा कृषि, पर्यटन र दुधजन्य पदार्थको उल्लेख्य सम्भावना रहेको समेत बताउनु भएको थियो ।
कार्य क्रमा संघका निवर्तमान अध्यक्ष गणेश प्रसाद अधिकारीले संघले थालनी गरेको अभियानले उद्यमशिलता विकासमा टेवा पुग्ने बताउँदै नु भएको थियो ।

कार्यक्रममा बोल्नुहुँदै सियारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिन प्रसाद भट्टराईले गाउँपालिकाले औद्योगिक विकासका सन्दर्भमा तयार गरेका नीतिगत व्यवस्थाहरुबारे जानकारी गराउनुहुँदै सहज र सरल रुपमा उद्योग संचालनको वातावरण तयार गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो ।
कार्य क्रममा सियारी गाउँपालिकाका उप प्रमुख अमृत गुरुङ्ग, वडा नं. ६ का अध्यक्ष शेर बहादुर गुरुङ्ग लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सोही अवसरमा सियारी गाउँपालिकामा उद्योग संचालन गर्नु भएका उद्योगीहरु झपेन्द्रराज अर्याल, पिताम्बर न्यौपाने,जोगराज अधिकारी लगायतले उद्योग संचालनका क्रममा भोग्नु परेका अप्ठयारा र समस्याहरुको बारेमा जिज्ञासा राख्नु भएको थियो । संघले जिल्लाका हरेक स्थानीय तहमा पुगेर त्यस क्षेत्रको सम्भावनाको खोजी गर्ने, कोषको व्यवसायीकरण र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने, रोजगारी अभिवृद्धि गर्ने र समग्रमा औद्योगिक विकासका लागि छलफल र बहस जारी राख्ने बताएको छ ।

संघका महासचिव जिवकान्त काफ्लेको संचालनमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधब प्रसाद पौडेलले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रममा संघका पदाधिकारी, गाउँपालिका अधिकृतहरु एवं स्थानीय उद्योगी व्यापारीको सहभागिता रहेको थियो ।

 
 
  
 

You may also like