पहिलो पटक जुलोजिकल सेमिनार हुदैँ

by समतल अनलाइन

बुटवल । लुम्बिनी प्रदेशमा पहिलो पटक जुलोजिकल सेमिनार हुने भएको छ ।  शुक्रबार र  शनिबार बुटवलमा जुलोजिकल सेमिनार हुन लागेको हो ।प्रदेश अन्तर्गतका १ सय भन्दा बढी र केन्द्रबाट प्राणीशास्त्रीहरू बुटवल आइपुगेका छन् । सेमिनारको उद्घाटन लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गर्ने कार्यक्रम छ । नेपाल जिलोजिकल सोसाइटीका अध्यक्ष प्रा. डा. महेन्द्र महर्जनले लुम्बिनी प्रदेशमा पाइने प्राणीजगतको संरक्षण र प्रवद्धन गर्ने कार्यक्रमको मुख्य लक्ष्य रहेको बताए ।

सम्मेलनबाट नयाँ सिमसार क्षेत्रहरुको पहिचान, नयाँ नयाँ प्रजातीहरुको खोज अनुसन्धान र अनुसन्धानबाट पत्ता लागेका प्राणीहरुको वर्गीकरण गर्दै समग्र प्राणीशास्त्रको महत्व उजागर हुने उनले बताए । बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले सुक्ष्म अर्थात एक कोशीय प्राणीदेखि बहुकोषीय विकसित चेतनशील प्राणीहरुसम्मको अध्ययन अनुसन्धानमा पनि सेमिनारले जोड दिने बताए ।

सम्मेलनबाट यस क्षेत्रका प्राणीहरुको संरक्षण तथा प्रवद्र्धनमा क्रियाशील हुन सहज होस् भन्ने गरी प्रदेश स्तरीय सोसाइटी समेत गठन गरिने भएको छ । पत्रकार सम्मेलनमा सोसाइटीका लुम्बिनी संयोजक केशव महत, अभियन्ता बाबुराम बन्जाडे लगायतले सेमिनारको महत्वबारे चर्चा गरेका थिए ।

पछिल्लो समय वातावरणीय प्रदुषण, विश्वव्यापी उष्णता, जलवायु परिवर्तन जस्ता वातावरणीय असरले प्राणीहरुमा परोक्ष तथा प्रत्यक्ष रुपमा असर पारेको तथा यी र यस्तै तत्वको प्रत्यक्ष मारमा प्राणीहरु परिरहेको परिप्रेक्ष्यमा यो सेमिनारले वातावरण संरक्षणको क्षेत्रमा समेत महत्वपूर्ण दिशा निर्देश गर्ने सेमिनारको लक्ष्य छ । सेमिनारले पर्यावरण, पर्या पर्यटन, वातावरण संरक्षणजस्ता क्षेत्रमा समेत महत्वपूर्ण टेवा पुर्याउने पनि महर्जनले बताए ।

एसियन पार्टी प्यालेश कालिकानगर बुटवलमा हुने सम्मेलनमा लुम्बिनी प्रदेशभित्रका एकसयजना प्राणीशास्त्रीहरु सहभागी हुनेछन् भने चारवटा कार्यपत्र प्रस्तुत गरी समूहगत छलफल गरिने छ ।

 
 
  
 

You may also like