175
बुटवल ।इनर ह्वील क्लब अफ रुपन्देही तथा अमर बुद्ध आमा समूहको संयूक्त आयोजनामा सडक मानव ब्यवस्थापनका लागि आज मुठी दान कार्यक्रम सम्पन्न गरेको छ। मुठी दान कार्यक्रममा इनर ह्वील क्लब अफ रुपन्देही, अमर बुद्ध आमा समूह तथा मानव सेवा अश्रम बुटवलबाट पुष्पलाल पार्कमा जम्मा भई सोही आसपास क्षेत्रका बासिन्दाहरु बाट स्वईच्छाले सक्दो सहयोग गरेका छन् ।
उक्त कार्यक्रममा २थान सिरक, २ थान सिरानी ,२ थान तन्ना, ११ ओटा थाल,जुत्ता ,चप्पल , लगाउने कपडाको साथै करिब रू १० हजार आर्थिक सहयोग संकलन भएको जानकारी इनर ह्वील क्लब अफ रुपन्देहीकी अध्यक्ष उमा अर्याल ले गराएको।
previous post