२४ घण्टामा ७४८ कोरोना संक्रमित डिस्चार्ज

by समतल अनलाइन

काठमाडौँ ।छिल्लो २४ घण्टामा थप ७४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६१ हजार १९ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

पछिल्लो २४ घण्टामा थप ८ कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८६४ पुगेको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ५ हजार २ सय २५ जनाको पीसीआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ३७ हजार ७०२ पुगेको छ।

 
 
  
 

You may also like