70
काठमाडौं । बिहीबार स्वाब परीक्षण गराएका राष्ट्रियसभाका एक सांसदमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।संसद सचिवालय स्रोतका अनुसार बिहीबार स्वाब परीक्षण गराएका ४४ सांसदमध्ये १ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै बिहीबार नै स्वाब परीक्षण गराएका ५६ जना कर्मचारीमध्ये ५ जनामा पनि संक्रमण पुष्टि भएको सचिवालय स्रोतले जनाएको छ ।
राष्ट्रियसभाको हिउँदे अधिवेशन शुक्रबार सुरु हुँदैछ । कोरोना संक्रमित सांसद अधिवेशनमा सहभागी हुन पाउने छैनन्
सांसद र केही कर्मचारीमा कोरोना संक्रमण देखिए पनि राष्ट्रिय सभाको बैठक सुचारू हुने जनाइएको छ। राष्ट्रिय सभामा बैठकका लागि भौतिक दूरीलगायत अरू सबै स्वास्थ्य सुरक्षा मापदण्डको व्यवस्था गरिएको छ।