प्रहरीको लाइसेन्स जाँच गर्न खोज्ने दुई जना पक्राउ

by समतल अनलाइन

बुटवल । सेवामा खटिएका दुई प्रहरीको लाइसेन्स जाँच्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज १९ गते बिहान रूपन्देहीको देवदह नगरपालिका ५ खैरेनी कचहरा पुल माथी प्रहरी सवार स्कुटर रोकेर उनीहरुको लाइसेन्स जाँच्न खोज्ने बसन्त रेग्मी र भुवन खासुलाई प्रहरीले बुधबार गिरफ्तार गरेको हो ।

लाइसेन्स नदेखाएमा स्कुटर फुटाइदिने धम्की समेत दिएको र लाइसेन्स बिलबुक मागेर चेकजाँच गरेका कारण उनीहरुलाई प्रहरीले गिरफ्तार गरेको हो ।

उनीहरमाथि सार्वजनिक शान्ती बिद्धको कसुर मुद्धा दर्ता गरी जिल्ला प्रशासन कार्यालय रूपन्देहीबाट पक्राउ अनुमति लिई बुधबार पक्राउ गरेको हो । उनीहरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार

 
 
  
 

You may also like