मोरङ र सुनसरीमा थप चार संक्रमितको मृत्यु

by समतल अनलाइन

काठमाडौँ।मोरङ र सुनसरीमा थप चार जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।कोरोना ७१ वर्षीय वृद्धको आज बिहान कोशी अस्पतालमा मृत्यु भएको छ । बूढीगंगा गाउँपालिका–५ का हुन् ती वृद्धको आज बिहान २:१५ बजे मृत्यु भएको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

यस्तै मोरङको सुन्दरहरैँचा नगरपालिका–३ घर भएका ४३ वर्षीय संक्रमित पुरुषको पनि आज बिहान उपचारका क्रममा मृत्यु भएको छ ।

बूढीगंगास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत उनको बिहान ८:१० बजे मृत्यु भएको अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवले जानकारी दिए ।

श्वासप्रश्वासमा समस्या भएको भन्दै बेहोस अवस्थामा पुरुषलाई उपचारका लागि असोज २४ गते अस्पताल भर्ना गरिएको थियो ।

उनको सोही दिन पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो ।

 

 
 
  
 

You may also like