इन्सेकद्वारा शुद्धोधनमा शिक्षाको अवस्थाबारे अन्तरक्रिया

by समतल अनलाइन

शुद्धोधन। इन्सेक रुपन्देहीले शुद्धोधन गाउंपालिकामा शिक्षाको अवस्थाबारे अन्तरक्रिया गरेको छ । स्थानीय समूदायलाई शिक्षाप्रति सचेत गर्दै सरोकारवाला निकायलाइ जवाफदेही बनाउने उद्वेश्यले शिक्षा अधिकारका विषयमा अन्तरक्रिया गरिएको हो ।

गाउंपालिका भित्र रहेका सामूदायिक र संस्थागत बिद्यालयसंगै, अभिभावक, बिभिन्न संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधि र विद्यार्थीको सहभागितामा अन्रक्रिया भएको थियो । कार्यक्रममा शुद्धोधन गाउंपालिाकाका उपाध्यक्ष शान्तादेवी ज्ञावालीले गाउंपालिका भित्र अहिले कक्षा ६ देखि १२ कक्षा सम्मको पढाइ सुरु गरेको १ देखि ५ कक्षासम्म घुम्ती कक्षा सञ्चालन गरिएको जानकारी गराउनुभयो ।स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी बिद्यालयहरु सन्चालन गरिएको बताउनुभयो ।

गाउंपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का वडा अध्यक्ष राजेन्द्र कडेलले स्वास्थ्यको मापदण्ड अपनाएर केही नखोलियका बिद्यालहरु तत्काल सञ्चालन गरि शिक्षण कार्य अगाडी बढाइने बताउनुभयो । कार्यक्रममा वडा न १ उदयराज गडेरिया, शिक्षक महासंघका सह अध्यक्ष छवि पाण्डे, शिक्षक महासंघ सुद्धोधन गाउंपालिका अध्यक्ष खिमानन्द भुसाल, प्र्रअ कैलास यादव, टंक पौडेल इन्सेक रुपन्देही प्रतिनिधि रिमा बिसी लगायतले मन्तव्य राखनुभएको थियो । जगत सापकोटाको अध्यक्षता, मानव अधिकार निगरानी समूहका उपाध्यक्ष कपिल अर्यालको स्वागत र सचिव मोती थापाको सन्चालनमा कार्यक्रम भएको थिया ।

 
 
  
 

You may also like